
गए राति भएको इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टि२० आई खेलमा इंग्ल्यान्डलाई ५ रनले हराउदै पाकिस्तानले तिन टि २० खेलको सिरीज बराबरी गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओबर ब्याटिङ गर्दै ४ विकेट गुमाएर १९० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ८ विकेट गुमाउँदै १८५ रन जोड्दा पाकिस्तान सँग ५ रनको अन्तरले पराजीत हुनपुग्यो । यो जित सँगै पाकिस्तानले तिन टि २० खेलको सिरीज बराबरी गरेको छ।