
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा निषेधाज्ञाको अवधि सात दिन थप गरेको छ ।
आज राति १२ बजेदेखि भदौ २२ गतेसम्मका लागि निषेधाज्ञा यथावत राख्ने निर्णय गरिएको हो । तर यस अवधिमा जनजीवन सामान्य बनाउनका लागि केही नियमहरू भने खुकुलो बनाइएको छ । जस अनुसार
- सार्वजनिक सवारी चलाउन निषेध गरिएको भएपनि निजी सवारी र सीटी सफारी जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न पाइने भएको छ ।
- सफारीमा यात्रु भने दुई जना मात्र राख्न पाइनेछ ।
- खाद्यान्न, लत्ताकपडा, इन्धन, हार्डवेयर लगायतका वस्तुको आपूर्ति सहज बनाउन शनिबारबाहेक अन्य दिन दिउँसो चार बजेसम्म स्वास्थ्य सावधानीपूर्वक पसल सञ्चालन गर्न दिइने छ ।
- तर हरेक ग्राहकको तापक्रम मापन गर्ने र दुई मिटरको दूरी कायम गर्ने दायित्व पसल सञ्चालकको हुनेछ।
- होटलमा जमघट निषेध गर्दै अनलाइन डेलिभरी गर्न छुट दिइएको छ ।
- सैलुन,ब्युटिपार्लर,हटिया, गुन्द्री, जिमखानाजस्ता ठाउँ बन्द रहनेछन् भने मन्दिरमा पनि दैनिक नित्यपूजा मात्र हुनेछ ।
- यस्तै, भदौ २१ गतेदेखि सिमित कर्मचारीका साथ सरकारी कार्यालय खोल्न सकिने छ ।
- तोकिएको मापदण्ड अनुसार उद्योगसमेत सञ्चालन गर्न सकिने छ ।
- सडकमा राति ९ बजेदेखि बिहान पाँच बजेसम्म मानिसको आवागमनमा प्रतिबन्ध लगाइएको छ ।
- एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बाट निकासी पैठारी र नेपाली नागरिकलाई स्वदेश फर्काउने बाहेक अन्य कुनै कार्य हुनेछैन । सबारी पास नभएको सवारीसाधनले जिल्ला प्रवेश गर्न पाउने छैनन् ।
कोरोना संक्रमणका कारण नागरिकको ज्यान जोखिममा परेको भन्दै सरकारले संक्रामक रोग ऐन-२०२० अनुसार निषेधाज्ञा जारी गरेको हो ।
https://youtu.be/Y1V7tVAXY8c