Logo

उपत्यकामा लकडाउन केही खुकुलो हुने

                     
Logo 2020-09-01 06:09     Hamro Biratnagar

13

विराटनगर । भदाै १६

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरिरहेका छन्।

कोरोना संक्रमण दिनानुदिन बढिरहेकाले निषेधाज्ञालाई बढाउनुको विकल्प नरहेको जनाइएको छ। काठमाडौँ, भक्तपुर र ललितपुर तीन जिल्लामा निषेधाज्ञा थप्ने भन्ने बिषयमा छलफल भइरहेको जनाइएको छ।

निषेधाज्ञा थपिए पनि आगामी दिनमा केही खुकुलो बनाइने छ। यसका लागि गृहकार्य भइरहेको छ। काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट तथा भक्तपुरकी हुमकला पाण्डेबीच भर्चुअल बैठकमा यसबारे छलफल भएको थियो।

'केही खुकुलो बनाएर जानेबारे कुरा भएको छ। यसबारे निर्णय भने भइसकेको छैन। हामी गृहकार्य गरिरहेका छौं। साँझसम्म औपचारिक निर्णय हुन सक्नेछ।' ललितपुरकी प्रजिअ हुमकला पाण्डेले जानकारी दिइन्।

भोलीसम्म जारी रहेको लकडाउन बारे केही हेरफेर गरेर जाने बताइएको छ। सार्वजनिक बाहेकका यातायातका साधन, बजार पसल तथा खाद्यान्न दूध तरकारी बोकेका गाडी आदि खुल्नेछन्।

https://youtu.be/Y1V7tVAXY8c

 


लोकप्रिय छुटाउनुभयो कि ?