Logo

जिल्ला प्रशासन माेरङकाे निषेधाज्ञा तालिका हेरफेर – विज्ञप्ति सहित

                     
Logo 2020-09-01 05:09     Hamro Biratnagar

13

विराटनगर। भदौ १६

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर लगायतका स्थानीय क्षेत्रमा पुनः निषेधाज्ञा लम्ब्याएको छ। कैरोना संक्रमणको दर बढेको भन्दै मङ्गलबार प्रजिअको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम उक्त निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालय मोरङले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

जसमध्ये सार्वजनिक बाहेकका सवारी साधन जोर बिजोरका दरले सञ्चालन गर्ने एवं सिटी रिक्सा तथा अटो मापदण्ड बमोजिम बढीमा दुईजना बोकेर चलाउन पाइने पनि उल्लेख छ।

होटल तथा रेस्टुरेन्टले होम डेलिभरी वा अनलाइन सुविधा सञ्चालन गर्न सक्नेछन् भने ब्युटी पार्लर तथा शैलुन बन्द रहनेछन्। कुनै सभा समारोह तथा भीभाड गर्न नपाइने छ। साथै अत्यावश्यक खाद्य सामाग्री, दूध र तरकारी लगायतका सामान ढुवानीमा छुट रहेको छ ।

https://youtu.be/Y1V7tVAXY8c

 


लोकप्रिय छुटाउनुभयो कि ?