
सुनको मुल्य आज फेरि बढेको छ । सुन तोलामा ९०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९८ हजार ४०० र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको भाउ प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको थियो।
चाँदीको भाउ पनि प्रतितोला ३० बढेर एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।