
क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली लेग स्पिनर संदीप लामिछाने सम्मिलित जमैका तलावाजले अपराजित ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्दैछ ।खेल नेपाली समय अनुसार आज साँझ ७ : ४५ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । जमैका ले आजको खेल जिते मात्र सेमिफाइनलको यात्रा बलियो बनाउन सक्छ त्यसकारण आजको खेल निकै महत्वपूर्ण हुने छ।