Logo

दसैंअघि नै कक्षा १२ को परीक्षा लिने बोर्डको तयारी

                     
Logo 2020-09-01 12:09     Hamro Biratnagar

13

तस्विर : गूगल

राष्ट्रिय परीक्षा बोर्डले स्थगित भएको कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारसँग अनुमति मागेको छ ।

परीक्षा दसैंअघि नै सम्पन्न गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई पत्राचार गरी अनुमति माग गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । कक्षा १२ को परीक्षामा आन्तरिक मूल्याङ्कन सम्भव नभएको भन्दै उनले सरकारको अनुमति भए जुनसुकै विकल्प प्रयोग गरी परीक्षा लिइने जानकारी दिए ।

कक्षा १० को एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाट सम्पन्न भई कक्षा ११ को परीक्षा विद्यालयले लिने तय भएको पृष्ठभूमिमा अनलाइनमार्फत् परीक्षा लिएर भएपनि विद्यार्थीको भविष्य सुरक्षित गर्न बोर्ड सक्रिय भएको हो ।।।


लोकप्रिय छुटाउनुभयो कि ?