Logo

सुनसरीमा ५६ जना कोरोना सङ्क्रमित थपिए

                     
Logo 2020-09-01 11:09     Hamro Biratnagar

13

पछिल्लो चौबीस घन्टामा सुनसरीमा ५६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

संक्रमित हुनेहरुमा इटहरीका २१ जना, धरानका दुई जना, इनरुवाका २६ जना र दुहबीका सात जना रहेका छन् ।

यससँगै संक्रमितको कुल संख्या सात सय ६२ पुगेको छ । जसमध्ये तीन सय ५० जना उपचारपछि घर फर्किएका छन् भने चार सय सात जना उपचाररत रहेको र सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीकी अधिकृत दीक्षा श्रेष्ठले बताइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?