Logo

जगदम्बा स्टिल्सको छड गुणस्तरहीन, बिक्री वितरणमा रोक

                     
Logo 2020-09-01 09:09     Hamro Biratnagar

13

तस्वीर - साभार

फलामे छड निर्माता कम्पनी जगदम्बा स्टिल्स कारबाहीमा परेको छ । गुणस्तरहीन छड उत्पादन गरी बिक्री गरेको उजुरीका आधारमा नापतौल तथा गुणस्तर विभागले कम्पनीले उत्पादन गरेको १६ एमएमको टिएमटी बार एफई ५०० छड परीक्षण गर्दा गुणस्तरहीन भेटिएपछि बिक्री वितरण तत्काल रोक्न र बजारबाट सबै छड फिर्ता लिन निर्देशन दिएको छ ।

छडमा प्रयोग गरिने रसायन मापदण्डभन्दा बढी प्रयोग गरिएको विभागले जनाएको छ ।

छडमा ०.३० प्रतिशत हुनुपर्ने कार्बन ०.३५ प्रतिशत र ०.०५५ प्रतिशत हुनुपर्ने सल्फर ०.०६० प्रतिशत रहेको र सो मात्रा नेपाल गुणस्तर १९१ को मापदण्डविपरीत रहेको हुँदा विभागले 'नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावली २०४० को नियम १६ अनुसारको कारबाही किन नगर्ने?

कुनै कारण भए १५ दिनभित्र आफ्नो सफाइको सबुत प्रमाण तथा सुधारका लागि लिने करेक्टिभ एक्सनसहित विभागमा पेश गर्नुहुन जानकारी गराइन्छ।’ भनी उद्योगसँग प्रष्टीकरण माग गरेको छ ।।।


लोकप्रिय छुटाउनुभयो कि ?