Logo

थप एक संक्रमितको बीपीमा मृत्यु

                     
Logo 2020-09-01 09:09     Hamro Biratnagar

13

प्रतिनिधिमूलक तस्वीर

विराटनगर,  भदौ १६ ।

थप एक जना कोरोना संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटा अनुसार  ६५ वर्षीय सिराहको मिर्चैया ३ मा बस्ने पुरुषको सोमबारराति ८ः४५ बजे मृत्यु भएको र विराटनगरस्थित विराट शिक्षण अस्पताल ले निजलाई भदौ १० गते धरान रेफर गरिएको थियो । निजलाई ज्वरो आउने, अत्याधिक टाउको दुख्ने, खोकी र श्वासप्रश्वासको समस्या रहेको बताइएको छ

डा. सापकोटा अनुसार मधुमेह र उच्च रक्तचापको पुरानो समस्या रहेको थियो। भेन्टिलेटरमा राखेर उपचार थालिएका र दुई पटकसम्म डाइलासिस गरिएका पुरुषको शरीरका महत्वपूर्ण अंगहरु निश्क्रिय रहेका थिए

पुरुषमा भदौ ९ गते कोरोना पुष्टि भएको थियो ।हालसम्म बीपीमा कोरोना संक्रमित १७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण प्रदेश १ मा उपचाररत ३३ जनाको हालसम्म मृत्यु भइसकेको छ । जसमा प्रदेश १ का २३ र प्रदेश का १० जना रहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?