
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ ।सोमबार साँझ विराटनगरमा गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको हो ।



शनिबार देखि उहाँ निवासमै रहनु भएको र मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।