
रतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज निधन भएको छ । दिल्ली स्थित आर आर हस्पिटलमा उपचाररत उनको आज मृत्यु भएको हो ।
भारतका तेह्रौ राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म रहेका उनको आज ८४ वर्षमा उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो । साथै उनमा कोरोना भाइरस पनि पुष्टि भएको थियो ।
टाउकोमा रगत जमेपछि अस्पतालमा भर्ना भएका उनको अप्रेशन भएको थियो । उनको मृत्युको खबर बाहिर आएसंग सञ्चार माध्यमहरूले यसलाई देखाइरहेका छन् ।
https://youtu.be/UxeU_g8y2ZY