Logo

नेपालमा पहिलोपटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

                     
Logo 2020-08-31 05:08     Hamro Biratnagar

13

 

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

नेपालमा कोरोनाको कारण स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो घटना हो ।

https://youtu.be/UxeU_g8y2ZY

 


लोकप्रिय छुटाउनुभयो कि ?