Logo

२० करोडको यार्सागुम्बा निर्यात

                     
Logo 2020-08-31 11:08     Hamro Biratnagar

13

तस्बिर : गूगल

भन्सार विभागकाअनुसार कम्बोडिया, चीन, दक्षिण कोरिया, मलेसिया,सिंगापुर, बेलायत, अमेरिका र भियतनाममा यार्चागुम्बा निर्यात भएको छ। सबैभन्दा धेरै हङकङमा १५६ किलो निर्यात भएको हो।

हिमाली क्षेत्रमा पाइने जडीबुटी 'यार्सागुम्बा' को कूल २० करोड २२ लाख रुपैयाँको विदेश  निर्यायत भएको भन्सार विभाग ले जनाएको छ । नेपालका हिमाली क्षेत्रबाट अनौपचारिक माध्यमबाटै चीन निर्यात हुँदै आएको यो जडिबुटी पछिल्लो समय औपचारिक माध्यमबाट तेस्रो मुलुकहरुमा निर्यात हुने गरेको छ।

वैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा संकलन हुने यार्सागुम्बा यो वर्षको साउनमा पनि ३५ किलो निर्यात भएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?