



साउदीको ढाकास्थित नेपाली जनप्रगतिशील मोर्चाले मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर अनिरुद्र पाठकलाई कारवाही गर्न माग गरेको छ ।
साउदीस्थित नेपाली दूतावासले स्वीकृति दिएको साउदीको राजधानी रियाद शहरको बथ्थास्थित ढाका मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर पाठकले स्वदेश फर्किने नेपाली श्रमिकहरुबाट कोरोना जाँच बापत ४८०० देखि ६४०० रूपैँयासम्म चार्ज लिँदै विना चेक जाँच कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ दिँदै आएको खुलासा भएको छ।
कोरोना जाँचको बहानामा मोटो रकम लिएर जाँच नै नगरिकन रिपोर्ट नेगेटिभ भएको सिफारिस दिदै अाएको नेपाली जनप्रगतिशील मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । यो बिषय एक ब्यक्ति माथिको मात्रै नभइ समग्रमा सिङ्गो राष्ट्रप्रतिकै घात रहेको ठहर मोर्चाले गरेको छ ।
साउदीबाट नेपाल आइपुगेका झपड बहादुर बस्नेतले नेपाल आइसकेपछि कार्यक्रम मार्फत सो कुरा खुलासा गरेको भन्दै मोर्चाले यस विषयमा दूतावास रियाद र नेपाल सरकारको गम्भीर ध्यानाकर्षणको लागि मोर्चाले आवज उठाएको हो ।
यस विषयमा बुझ्न डाक्टर पाठकसँग सम्पर्क गर्दा डाक्टरले यो विषयमा बोल्न चाहेका छैनन्।