Logo

कैदीबन्दीमा फैलिन थाल्यो कोरोना संक्रमण

                     
Logo 2020-08-31 10:08     Hamro Biratnagar

13

प्रतिनिधिमूल्क तस्वीर

नेपालको कैदीबन्दी (कारागारमा) कोभिड–१९ को सङ्क्रमण देखिन थालेको छ । सूचना अधिकारी देवर्शी सापकोटा अनुसार आइतबारसम्ममा शङ्कास्पद ८७९ जनाको पिसीआर परीक्षणमा १६६ जनामा सङ्क्रमण भेटिएको छ । सो मध्ये ७२ जना सङ्क्रमण मुक्त भइसकेको छ । भदौको पहिलो सातामा पर्साको वीरगञ्ज कारागारबाट सङ्क्रमण देखिएको थियो ।

सापकोटा अनुसार जोखिम क्षेत्रको सात वटा कारागारमा नमूना सङ्कलन गरेर परीक्षण गर्दा अन्यमा समेत देखिएको हो । काठमाडौँको केन्द्रीय कारागारसहित स्याङ्जा, बाँके, सिन्धुपाल्चोक, सिरहा, सुनसरी र पर्साको कारागारमा शङ्कास्पद कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको हो ।

  • काठमाडौँको केन्द्रीय कारागारमा मात्रै चार जनामा देखिएको छ ।

कारागारका सुरक्षाका लागि खटिएका २०७ प्रहरीमा पिसीआर परीक्षण गर्दा ५२ जना तथा कर्मचारी ७८ को परीक्षणमा सात जना सङ्क्रमित भएका हुन् । बाँकी सबै कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

हाल कारागारमा २४ हजार १०० कैदीबन्दी छन् । कूल ८२० कर्मचारी र झण्डै दुई हजार प्रहरी रहेका छन् । कारागारभित्र सामाजिक दूरी कायम गर्न सक्ने अवस्था नभएकाले उच्च जोखिम छ ।


लोकप्रिय छुटाउनुभयो कि ?