
नेपाली पब्जी टोली डीआरएस गेमिङ्गले पीएमसीओ फल स्प्लिटको दक्षिण एसिया क्षेत्रीय स्पर्धाको उपाधि उचालेको छ।
उपाधि जितसँगै टोलीले पीएमपीएल फल स्प्लिट साउथ एसियाको यस वर्षको स्पर्धामा आफ्नो स्थान सुरक्षित गरेको छ । डीआरएस गेमिङ्गका अतिरिक्त अन्य दुई टोली पीएन क्र्यू र डेड आईले पनि सो स्पर्धामा भाग लिने अवसर प्राप्त गरेको छ ।।