विराटनगरमा आज ४२ संक्रमित थपिएका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार आइतबारसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या एक हजार नौ पुगेको छ ।
तीमध्ये ३८९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । संक्रमणबाट विराटनगरमा ११ जनाको मृत्यु भइसकेको छ ।
कुन वडामा कति संक्रमित ?
विराटनगर महानगरपालिकामा १९ वडा छन् भने वडा नम्बर १९ मा आजसम्म संक्रमण देखिएको छैन ।
- वडा नम्बर १ मा ३१ जना
- वडा नम्बर २ मा ६४ जना
- वडा नम्बर ३ मा ६९ जना
- वडा नम्बर ४ मा ३४ जना
- वडा नम्बर ५ मा ५७ जना
- वडा नम्बर ६ मा १०५ जना
- वडा नम्बर ७ मा ४५ जना
- वडा नम्बर ८ मा ७९ जना
- वडा नम्बर ९ मा ७७ जना
- वडा नम्बर १० मा ३७ जना
- वडा नम्बर ११ मा ६८ जना
- वडा नम्बर १२ मा १२६ जना
- वडा नम्बर १३ मा २२ जना
- वडा नम्बर १४ मा १९ जना
- वडा नम्बर १५ मा ५४ जना
- वडा नम्बर १६ मा २८ जना
- वडा नम्बर १७ मा २६ जना
- वडा नम्बर १८ मा ४ जना
- वडा नम्बर १९ मा संक्रमण शून्य छ । १८ वडाका संक्रमितमध्ये ११३ जनासंक्रमण मुक्त भएका छन् ।
कुन वडामा कतिको मृत्यु ?
विराटनगर महानगरपालिका
- वडा नम्बर ८, ९ र १५ मा दुई–दुईजना संक्रमितको मृत्यु भएको छ।
- विराटनगर २, ३, ५ ,६ र १० मा एक–एक जनाको मृत्यु भएको छ।
मृत्यु भएका ११ मध्ये अधिकांशमा दीर्घरोगको समस्या थियो ।
६०६ जना होम आइसोलेशनमा
अधिकांश कोरोना संक्रमित विराटनगरमा होम आइसोलेशनमा छन् । महानगरको तथ्यांकअनुसार आइतबारसम्म ६०६ जना संक्रमित होम आइसोलेशनमा बसेका हुन् ।
होम आइसोलेशनमा बसेकामध्ये २५० महिला र ३५६ पुरुष छन् । विराटनगरको प्राथमिक स्वास्थ्य चौकी होल्डिङ आइसोलेशनमा २२, काली सेवा सदनमा ४३, मारवाडी सेवा सदनमा ३५ जना बसिरहेका छन् ।
https://youtu.be/oX4DtRv7KsI