



विराटनगर । भदाै १४
खाेटाङकाे ऐसेलुखर्क गा.पा. ४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको छ ।
घर नजीकको सुठुनी बारीमा बाँदर धपाउन शुक्रबार साँझ तामाङले बन्दुक पड्काउने क्रममा गोली लाग्दा बालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । प्रहरीले गोली चलाउने मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ।
मृतक बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइएकाे प्रहरीले जनाएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट धेरै टाढा रहेकाे बताइएकाे छ ।
बाबुआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका छन् । शैलेन्द्र र मानकाजी सानीमा - ठूलीअामाका छाेराहरू हुन् । सानीमाका घरमा बस्दै आएका मानकाजीले चलाएकाे गाेली बाँदर छेक्न गएका बालक बाँदर आउने स्थानतिर आएपछि गोली लागी दुर्घटना हुन पुगेकाे जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताए । घटामबारे हनुसनधान भइरहेकाे छ ।
https://youtu.be/oX4DtRv7KsI