Logo

सुनसरीमा बढ्दै संक्रमितको संख्या,,आज थपिए १७ जना

                     
Logo 2020-08-30 03:08     Hamro Biratnagar

13

सुनसरीमा कोरोना सङ्क्रमितको संख्या १७ जना थपिएर कूल संख्या ६१९ पुगेको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना पुरुष र पुतली लाइन घर भएका अर्का एक पुरुष गरी धरानमा चार जना संक्रमित थपिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी बताए ।

संक्रमितको उमेर ३३ देखि ५२ वर्ष रहेको छ ।

यस्तै, इटहरी उपमहानगरपालिका क्षेत्रमा आज सात जना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा तीन जना पुरुष दुई महिला र दुई बालिका रहेको इटहरी अस्पतालले जनाएको छ । सङ्क्रमितको उमेर ११ महिनादेखि ४३ वर्ष रहेको छ ।

यस्तै, इनरुवा नगरपालिकाका पाँच जना पुरुष र एक महिला गरी ६ जना संक्रमित थपिएका छन् । हालसम्म फेला परेका संक्रमितमध्ये दुई सय पचास जना उपचारपछि घर फर्किएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीकी अधिकृत दीक्षा श्रेष्ठले बताइन् ।

https://youtu.be/oX4DtRv7KsI

 


लोकप्रिय छुटाउनुभयो कि ?