Logo

जमैकाको आज छैठोँ खेल

                     
Logo 2020-08-30 03:08     Hamro Biratnagar

13

[caption id="attachment_2213" align="alignnone" width="1024"] तस्वीर- सिम्रिक खबर[/caption]

विराटनगर । भदाै १४

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिमले ट्रिनिडाड एन्ड टोबेगोमा जारी रहेको जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–ट्वान्टी क्रिकेटमा आज छैटौं खेल खेल्दै छ ।

आजको खेल जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँग खेल्नेछ। प्याट्रियट्सविरुद्ध आज जमैकाले जितेमा जमैकाको तेस्रो जित हुनेछ । त्यस्तै, प्याट्रियट्सले अहिलेसम्म एउटा खेल जितेको छ । यस सिजनमा दुई टोली पहिलो पटक आमने सामने हुन लागेको हुन् ।

जमैका ५ खेलमा ४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ । समान खेलमा समान २ अंक जोडेको प्याट्रियट्स अहिले तालिकाको अन्तिम स्थानमा रहेको छ । जमैका र प्याट्रियट्सबीचको खेल नेपाली समय राति १२ बजे सुरु हुनेछ ।

https://youtu.be/oX4DtRv7KsI


लोकप्रिय छुटाउनुभयो कि ?