Logo

वीपी प्रतिष्ठानमा दुरबिनबाट निकालियो ट्युमर

                     
Logo 2020-08-30 02:08     Hamro Biratnagar

13

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीया बालिकाको दुरबिन प्रविधिमार्फत अन्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

शल्यक्रियामा संलग्न डा. मदन खड्का र डा. अजय अग्रवालको टोलीले बालिकाको दुवै अन्डाशयबाट १० र १५ सीएमको ट्युमर निकालेको हो ।

प्रतिष्ठानले बालिकामा पहिलो पटक यो प्रविधि प्रयोग गरेको भन्दै डा. अग्रवालले यो देशकै पहिलो सफल शल्यक्रियासमेत हुन सक्ने अनुमान गरेका छन् ।शल्यक्रिया गरिएकी बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 

https://youtu.be/oX4DtRv7KsI

 


लोकप्रिय छुटाउनुभयो कि ?