Logo

सुनकाे भाउ बढेकाे बढ्यै

                     
Logo 2020-08-30 01:08     Hamro Biratnagar

13

प्रतिनिधिमूलक तस्वीर

विराटनगर । भदाै १४

सुनको मुल्य आज फेरि बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको भाउ प्रतितोला ९६ हजार ९०० रुपैयाँ रहेको थियो।

तर चाँदीको भाउ भने प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको हो। सुनको भाउ बढिरहदा व्यवसायीहरू भने कुनै असर नपरेको बताउँछन् । कोरोना संक्रमणका कारण सुनचाँदी खरिदबिक्रीमा भारी गिरावट आएको उनीहरूको भनाई छ ।

 

https://youtu.be/oX4DtRv7KsI

 


लोकप्रिय छुटाउनुभयो कि ?