Logo

सामाजिक काममा अग्रसर बन्दै लक्ष्मीनिया युवा क्लब

                     
Logo 2020-08-30 01:08     Hamro Biratnagar

13

विराटनगर । भदाै १४

माेरङको जहदा गाउँपालिकामा लक्ष्मीनिया युवा क्लब द्वारा सेनिटाइज गरिएको छ। जहदाका विभिन्न वार्डका भीडभाड हुने ठाउँ, सार्वजनिक स्थल, विद्यालय भवन , क्वारेन्टीन, मठ-मन्दिर, चौकचौराहमा रहेका पसल तथा वडा कार्यालय समेत निर्मलीकरण गरिएको छ।

कोरोना संक्रमितको घरमा समेत सेनिटाइज गरिएको छ। जहदा गाउँपालिकाका मझारे प्रहरी चौकी, सीमा प्रहरी चौकी पोखरिया, इलाका प्रहरी कार्यालय फडानी सहित केही स्वास्थ्य चौकी तथा बुधनगर स्वास्थ्य कार्यालय समेत सेनिटाइज गरिएको क्लबका उपाध्यक्ष अभिषेक शाहले जानकारी दिनुभयो । लक्ष्मीनिया युवा क्लबद्वारा भाद्र ५ गते जहदा-५ बाट सुरु गरिएकाे सेनिटाइज अभियान सबै वडामा भ्याएर भाद्र १३ गते सकिएको छ। विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्य नजर गर्दै गाउँटोलमा समेत सेनिटाइज गरिएको हो ।

लायन्स कल्ब अफ बिराटनगर युनिटले गर्दै आएको सेनिटाइज कार्यक्रमबाट प्रभावित भएर जहदामा पनि गरिएको क्लबका अध्यक्ष नितेश शाहले बताए । विराटनगरमा गर्न सकिने तर जहदामा किन गर्न सकिदैन ? आफ्नो गाउँ आफै बचाऊँ भनेर पनि यो अभियान सुरु गरिएको हो। २०७७ साल भाद्र ४ गते लायन्स क्लब अफ बिराटनगर युनिटले लक्ष्मीनिया युवा क्ल्बलाइ सेनिटाइज गर्ने समानहररू उपलब्ध गराएको थियो।

जहदा गाउँपालिकामा दिन प्रति दिन कोरोना भाइरस संक्रमितकाे संख्या बढ्दै गएकोले जहदाका वरपरका विभिन्न चाैक र वस्तीहरूलाई सेनिटाइज गर्न सहज होस् भनेर लायन्स क्लब अफ बिराटनगर युनिटका उपाध्यक्ष नरेश खत्री को सहयोगमा क्लबलाई सेनिटाइज कार्य अघि सार्न सेनिटाइज गर्ने मेसिन, २ जार केमिकल, १ सय वटा सर्जिकल मास्क, २ सेट पिपीइ र फेस शील्ड हस्तान्तरण गरिएको थियो ।

लक्ष्मीनिया युवा क्लबले सदैव सामाजिक कार्य गर्दै आइरहेको छ ।  भविष्यमा पनि यो भन्दा राम्रो र अनेकौँ कार्य गर्नेछ- क्लबका अध्यक्ष नितेश शाहले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?