
विराटनगर । भदौ १४



विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा अाज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरान उपमहानगरापालिका १७ की ७४ वर्षीय महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
७४ वर्षीय संक्रमितमकाे प्रतिष्ठानमा १३ गते भर्ना भइ १४ गते कोरोना पुष्टि भएको थियो। खोकी, श्वास फेर्नमा समस्या र ज्वरो आएकोले अस्पतालमा भर्ना भएकी थिइन् ।
मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोग रहेको थियो। त्यसैगरी, ६० वर्षीय पुरुष १३ गते अस्पताल भर्ना भइ १४ गते कोरोना पुष्टि भएको अस्पतालका प्रवक्ता निदेश सापकाेटाले जानकारी दिए ।