
विराटनगर । भदाै १४
काठमाण्डाैँकाे भद्रकालीस्थित सैनिक मुख्यालयमा गोली चलेको छ । अनुसन्धानका क्रममा एक जना सिपाहीले गोली हानेर आत्महत्या गरेकाे बुझिएको छ ।
आर्मीको पेट्रोल पम्पमा खटिएका ती सिपाहीले कञ्चटमा गोली हानेका हुन् । घटना आइतबार बिहान करीब ३ बजेको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।