
नयाँ दिल्ली । भदाै १४
बिहीबार चेन्नईका सदस्यले गराएको परिक्षणमा दुई खेलाडी र ११ जना टोली सदस्यमा कोरोना संक्रमण देखिएको हो । आइपिएलको कोरोना नियमावली अनुसार हरेक टोलीले यूएई आएपछि अनिवार्य रुपमा तीन पटक परिक्षण गर्नुपर्ने प्रावधान रहेको छ । हरेक टोलीले पहिलो, तेस्रो र पाँचौ दिनमा परिक्षण गर्नुपर्ने उल्लेख गरिएको छ ।
स्रोतका अनुसार बिहीबार गरिएको तेस्रो परिक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै चेन्नईको सबै खेलाडी र टोली सदस्य क्वारेन्टीनमा बस्ने भएका छन् । अब सबै सदस्यको नतिजा नेगेटिभ नआउँदासम्म टोली प्रशिक्षणमा सहभागी हुन पाउने छैन