



नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो छैटौँ खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई हराउदै प्रतियोगितामा आफ्नो तेस्रो जित निकालेको छ।
पहिले ब्याटिङ गरेको जमैकाले २० अोवरमा ६ विकेट गुमाउँदै १४७ रन बनाउनदै १४८ को लक्ष्य प्रस्तुत गरेको थियो । यस्तै १४८ को लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले १९.४ अोबर ब्याटिङ गर्दै ११० मा अलआउट हुदाँ जमैकाले ३७ रनको जित हात पार्यो । जमैकाको जितमा सन्दीपले ४ अोवर बलिङ गर्दै २ विकेट हात पारेका थिए ।