Logo

कोरोनाबाट मृत्यु हुनेको शव चार दिनपछि उठ्याे (भिडियाे सहित)

                     
Logo 2020-08-29 06:08     अभिमन्यु अभिजित

13

विराटनगर। भदौ १३

न्यूरो अस्पताल विराटनगरमा गत मङ्गलबार मृत्यु भएको व्यक्तिको शव शनिबार प्रशासनले उठाएको छ। आफन्त कोही संपर्कमा न आएका कारण लाश उठ्न न सकेको अस्पतालले जनाएको छ।

महोत्तरी घर भएका मृतक ६१ बर्षीय पुरुषको शव अस्पतालमा अलपत्र बनेपछि विभिन्न सञ्चार माध्यमबाट समाचार आएको थियो।

अस्पतालका डाइरेक्टर रञ्जीत बस्नेतका अनुसार मृतकका कुरुवाका रूपमा छोरा आएका थिए तर ती पनि संपर्क विहीन बनेपछि अलपत्र बनेको लास स्थानीय प्रशासनले उठाएको हो।

कोही पनि न आएपछि मोरङका प्रजिअ कोषराज निरौलाको रोहवरमा एम्बुलेन्स खोजेर महोत्तरी शव पठाइएको हो। सेनाको टोलीले शव व्यवस्थापन गर्ने भएतापनि अस्पतालकै म्यानेजमेन्ट टीमले एम्बुलेन्समा हालिदिएको हो।

टाउकोको नशा फुलिएर प्यारालाइसिस भएर साउन ३१ मा अस्पताल आएका व्यक्तिमा कोरोना परीक्षण गर्दा भोजिटिब देखिएको थियो । उपचार खर्च बापतको २ लाख २५ हजार र फार्मेसीको करीब ७० हजार रूपैयाँ छुट गरिदिएको अस्पतालका डाइरेक्टर बस्नेतले जानकारी दिए।

 

https://youtu.be/3AWO9cIhHJs


लोकप्रिय छुटाउनुभयो कि ?