Logo

त्रिभुवन विश्वविद्यालयका परीक्षा दशैंपछि मात्रै

                     
Logo 2020-08-29 01:08     अभिमन्यु अभिजित

13

विराटनगर । भदाै १३

त्रिभुवन विश्वविद्यालयले रोकिएका परिक्षाहरू दशै अगाडी नहुने बताएको छ । कारोनाको सङ्क्रमण झन् बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि लकडाउन खुलेसँगै गाडी चल्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो ।

परीक्षा नियन्त्रक जोशीका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी भएको छ । परिक्षा नियन्त्रण कार्यालयले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ ।

त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयले भने विद्यार्थीहरूलाई सम्बन्धित विद्यापीठमा सम्पर्कमा रहिरहन भनेको छ भने परिक्षा सम्बन्धि कुनै पनि निर्णय गरेको छैन ।


लोकप्रिय छुटाउनुभयो कि ?