



विराटनगर । भदाै १३
आइसोलेसन तोडफोड गरेका संखुवासभाका दुई जना आरोपीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लाे बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेसनको सामग्री तोडफोड गर्ने समुहका ६० र ६२ वर्षीय दुई पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी नवराज पन्तका अनुसार उनीहरुको एक समुह ८२ घण्टादेखि र अर्को समुह ४१ घण्टादेखि हिरासतमा राखिएको थियो ।
उनीहरुलाई हिरासतमा रहदा संक्रमण भएको वा बाहिर नै संक्रमण भएको भन्ने कुरा चै स्पष्ट भइनसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रबक्ता रोशन श्रेष्ठले बताउनुभयो ।