Logo

प्रहरी हवल्दारको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु

                     
Logo 2020-08-29 12:08     Hamro Biratnagar

13

भदौ १३, विराटनगर ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत एक जना प्रहरी हवल्दार विजयकुमार मण्डलको मोटरसाइकल दुर्घटनामा परेर शनिबार बिहान उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बिहान ५ः३० बजेतिर मृत्यु भएको हो ।

बिहान ४ बजेतिर कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला प्रहरी हवल्दार विजयकुमार मण्डल दुर्घटनामा परेका हुन् ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापा अनुसार, मण्डलले चलाएको मोटरसाइकल नम्बर को १ प २११५  इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको र टाउकोमा गहिरो चोट लागेको थियो । एसपी थापाले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताए।

 


लोकप्रिय छुटाउनुभयो कि ?