
पाकिस्तानको कराँची सहरमा बाढीका कारण २३ जनाको मृत्यु भइसकेको छ । लगातारको भारी वर्षासगै आएको बाढी र डुबानले गर्दा शुक्रबारसम्ममा २३ जनाको मृत्यु भइसकेको जनाइएको छ ।
बाढीसगै पर्खालहरू भत्किएपछि महिला बालबालिका सहित २३ जनाको मृत्यु भएको हो । बिजुली र टेलिफोन लाइन अवरुद्ध रहेको कारण जनजीवन थप कष्टकर बन्दै गएको छ ।
सरकारी अधिकारीका अनुसार यो अगस्ट महिनामा भएको वर्षा ८९ वर्ष यताकै ठूलो बताइएको छ।