
महानगर महामारीले ग्रस्त व्यवसायीहरू कमाउनमै मस्त
कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्न मोरङको विराटनगर महानगरपालिकामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा व्यवसायीहरुले उल्लंघन गरेका छन् ।
जिल्ला प्रशासनले अन्य दिन दिउँसो १२ बजेसम्म सुरक्षा मापदण्ड पूरा गरेर अत्यावश्यक सामग्रीको बिक्री वितरण गर्न छुट दिने र शनिबार पूर्ण रुपमा बजार बन्द गर्ने निर्णय गरेको छ ।
तर सो निर्णय लत्याउँदै स्थानीय व्यवसायीहरुले बजारमा पसल सञ्चालन गरेका हुन् । व्यवसायीहरुले निषेधाज्ञा तोडेर पसल सञ्चालन गरेपछि सम्भावित खतरालाई ध्यानमा राखी प्रहरीले बजार बन्द गराएको छ । यस्तै, निषेधाज्ञा तोडिएपछि प्रहरीले तोकिएको दिन र समयमा मात्र व्यवसाय सञ्चालन गर्न र उचित स्वास्थ्य सावधानी अपनाउन व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराएको छ ।