
मोरङको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएका कोरोना सङ्क्रमितको शव अलपत्र परेको छ ।



महोत्तरी घर भएका ६१ वर्षीय पुरूषको गत भदौ ९ गते ज्यान गएको थियो । आफन्त सम्पर्कविहीन भएपछि तीन दिनदेखि शव अलपत्र परेको अस्पतालका निर्देशक रञ्जितराज बस्नेतले बताए।
गत साउन ३१ गते अस्पताल भर्ना भएका उनको भदौ ३ गते स्वाब संकलन गरिएकोमा ७ गते संक्रमण पुष्टि भएको थियो । त्यस यता उनी आइसोलेसनमा रही उपचार गराइरहेका थिए ।
उपचारका क्रममा कुरुवा बसेका मृतकका छोरासमेत सम्पर्कविहीन भएपछि शव व्यवस्थापनमा समस्या भएको र स्थानीय प्रशासनले समेत कुनै सहयोग नगरेको अस्पताल प्रशासनको जिकिर छ ।
यस्तै, कोरोना सङ्क्रमितको शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले समेत कानूनी जटिलताका कारण शव व्यवस्थापन गर्न सकेको छैन ।
मृतक अर्को जिल्लाका बासिन्दा भएकाले शव व्यवस्थापनमा समस्या भएको मोरङकाप्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
https://youtu.be/K6IEIco3p4o