Logo

 पोग्बालाई कोरोना भाइरस संक्रमण पुष्टि

                     
Logo 2020-08-28 11:08     अभिमन्यु अभिजित

13

तस्वीर साभार

 

स्वीडेन र क्रोएसियासँगको खेल गुमाउने 

फ्रान्सको फुटबल टोलीमा रहेका पउल पोग्बालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार संक्रमण पुष्टि भएको फ्रान्सका प्रमुख प्रशिक्षक डाडियर डेस्च्याम्प्सले बताएका छन् 

 

याे सँगै उनले   स्वीडेन र क्रोएसियासँगको खेल गुमाउने भएका छन् 

पोग्बालाई संक्रमण भएसँगै उनका ठाउँमा युवा खेलाडीलाई ल्याइने प्रशिक्षक डाडियरले बताएका छन्। १७ वर्षीय एडुआर्डो कामाभिन्गालाई पोग्बाको ठाउँमा ल्याउन लागिएकाे छन्। ‘मैले खेलाडीको सूचि अन्तिम समयमा परिवर्तन गर्नैपर्‍यो’, प्रशिक्षक डाडियरले भने, ‘पउल पोग्बा यो सूचीमा रहने निधो भइसकेको थियो तर दुर्भाग्यवश उनलाई कोरोना संक्रमण भएको छ। त्यसैले उनलाई एडुआर्डो कामाभिन्गाले प्रतिस्थापन गर्नेछन्।’ 

पोग्बाले कम्तिमा १० दिन ‘सेल्फ आइसोलेसन’ मा रहनुपर्ने छ। त्यसपछि उनको पीसीआर नेगेटिभ आएमा उनी फुटबल प्रशिक्षणमा फर्किन सक्नेछन्। 

 


लोकप्रिय छुटाउनुभयो कि ?