Logo

सङ्क्रमणका बीच विद्यालय खोल्न तम्सियो प्रदेश सरकार

                     
Logo 2020-08-28 11:08     Hamro Biratnagar

13

कोरोना कहर र विद्यालय सञ्चालनको रहर

कोरोना भाइरस(कोभिड १९) संक्रमणको त्रासका कारण लामो समयदेखि बन्द रहेका प्रदेश १ का विद्यालय आगामी असोजदेखि सञ्चालन गर्ने तयारी सुरु भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले विगत पाँच महिनादेखि ठप्प रहेको पठनपाठन सुचारु गर्न विज्ञहरुको सुझावका आधारमा तयारी प्रारम्भ गरेको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विद्यालय सञ्चालनका लागि संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायत सबै सरोकारवालासँग समन्वय भइरहेको बताएका छन् ।

असोजदेखि पठनपाठन सुरु गर्न सुझाव प्राप्त भएको मन्त्रालयको शिक्षा महाशाखाले जनाएको छ। विद्यालय सञ्चालनका लागि भदौ महिनाभरिमा विद्यार्थीको लगत संकलन तथा विद्यालय भित्रका आइसोलेसन सेन्टर हटाई निर्मलीकरण सम्पन्न गर्न सुझाव दिएको छ । विद्यालय बिहानी र दिवा गरी दुई सत्रमा विद्यार्थीको रोल नम्बर उ

अनुसार जोर बिजोर प्रणालीबाट सञ्चालन गर्नुपर्ने मन्त्रालयको सुझाव छ । हरेक स्थानीय तहमा शिक्षकसमेत सहभागी रहेको कोभिड टास्क टिम गठन गरी सोको निगरानीमा विद्यालय सञ्चालन गर्न सकिने मन्त्रालयको योजना छ । कक्षा ११ को नतिजा आन्तरिक मूल्याङ्कनका आधारमा सार्वजनिक गर्न पनि मन्त्रालयले सुझाएको छ ।

हाल प्रदेशभर सात हजार एक सय ३७ विद्यालयमा १२ लाख ४० हजार विद्यार्थी अध्ययनरत रहेको र सोमध्ये एक सय ३५ विद्यालय र ६ ओटा क्याम्पसमा आइसोलेसन सेन्टर सञ्चालनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?