
कोरोना महामारीले हाल लगभग सबै देशलाई नराम्रोसँग पछारेको छ । चाहे देशको आर्थिक स्थिति होस् वा जनताको मानसिकता सबैलाई कमजोर बनाएको छ । धेरैले ज्यान गुमाइसकेका छ्न् भने अझै धेरै संक्रमित थपिने क्रम जारी छ । कतिका व्यापार-व्यवसाय चौपट्ट भएका छन् भने मजदुरी गरेर जीविकोपार्जन गर्ने लगायतका विपन्नका लागि हात मुख जोड्न पनि गाह्रो परेको छ ।
यस कोरोना महामारी समयमा घरबाटै काम गर्ने उपाय (Work from home) को खुब चर्चा छ । आफुले गर्दै गरेको कार्यालयको काम घरैबाट मोबाइल कम्प्युटर र ईन्टरनेट प्रयोग गरेर गर्न सकिन्छ ।
हुन त अहिलेको समयमा धेरैकाम ईन्टरनेट मार्फत् गर्न सकिने कुरा सामान्य हो तर पनि आजभोली प्राविधिक पहुँच सँगै घरबाटै काम गर्ने र रोजगारी प्रदान गर्ने अनि अनलाइनबाटनै पैसा पठाउने (Freelancing) नेपालमा पनि रुचिको विषय बन्दै छ भने धेरैले अनलाइनबाटै काम गरि खर्च निकाल्ने गरेका छन् ।
अनलाइन काम गर्न लेखेको पढेको भन्दा सजिलो भने छैन । धेरै मानिसहरू आजकाल अनलाइन-जव प्रति आकर्षित भएकाले बजारमा प्रतिस्पर्धा भने व्यापक रहेको छ । तर पनि आत्मविश्वास, रुचि, खुबी भए यो समस्या स्वत: समाधान हुन सक्छ । केहि काम जुन तपाईं आफ्नो खाली समयमा वा पुर्ण रुपमा लागेर आफ्नो आम्दानीको श्रोत बनाउन सक्नुहुनेछ ।
ब्लग, कन्टेन्ट लेख्नु वा इडिट गर्ने काम
इन्टरनेटको विकाससॅगै मानिसले हरेक कुरा अनलाइन मार्फत् खोज्ने कार्य गर्दछन् । यदि तपाईं आफैले कुनै ब्लग वा साइट खोलेर आफ्नो रुचिको विषयमा लेख्न थाल्नुभयो वा तपाइको रुचिलाग्ने बिषय सम्बन्धित साइटमा लेख्नु भयो भने काम गरेवापतको रकम सम्बन्धित साइटबाट प्राप्त गर्न सक्नुहुनेछ ।
कुनै कार्यलयको प्रोजेक्ट वा अफिसियल काम
विभिन्न कार्यालयले आफ्नो काम व्यवस्थापन गर्न सक्नेलाई सीमित अवधिका लागि मान्छेलाई काम अनुसार र समयको हिसाबले काममा लगाउने गर्दछन जुन तपाइले आफ्नो रुचि अनुसार सम्पन्न गरि आम्दानी गर्न सक्नुहुनेछ ।
वेभ डिजाईनिङ्ग तथा डेभलपमेन्ट
यस कार्यको लागि भने रुचि सॅगसॅगै खुबी हुन पनि निकै जरुरी पर्दछ । मानिसको इच्छा बमोजिमको साइट डेभलपमेन्ट गर्नु अनि व्यवस्थापन गर्नु नै यस कार्यको मुख्य उदेश्य रहेको छ । यस कार्यको लागि तपाईलाई कम्प्युटर तथा प्रोग्रामिङ भाषाको भने अत्यन्त जरुरी पर्दछ ।
भिडियो तथा फोटो इडिटिङ
सबै तिर फोटो तथा भिडियो सामाग्रीको लहर चले सॅगै यो कार्यको माग र पहुँच पनि बढको छ । यदि तपाईंसँग राम्रो इडिटिङको ज्ञान छ भने तपाइले यस काममा हात हाल्न सक्नुहुनेछ ।
युटुब भिडियो सामाग्री
यस कार्य अन्तर्गत तपाईं विभिन्न प्रकारका शिक्षामुलक सामाग्री तथा मनोरञ्जनको हिसाबले बनाइएका भिडियो ईन्टरनेटमा राखी आम्दानी गर्न सक्नुहुनेछ । यो कामको लागि भने तपाईंसँग धैर्य तथा दर्शक आकर्षक गर्न सक्ने क्षमता भने हुन जरुरी छ ।
अनलाइन इ-बुक सिर्जनाको विकास तथा बेचबिखन
यस कार्य अन्तर्गत तपाइले विभिन्न अनुसन्धानमुलक तथा शिक्षामुलक सामाग्री बनाई विभिन्न अनलाइन बजारमा बिक्री गरि आम्दानी गर्न सक्नुहुनेछ ।
अनलाइन शिक्षा सम्बन्धि कक्षा
हाल सबै बन्दाबन्दि चलेको र पठनपाठन स्थल पनि बन्द भएकाले आफ्ना नानीबाबुको शिक्षालाई लिएर धेरै अभिभावक चिन्तामा परेका छन । तपाईंले आफ्नो समयको सदुपयोग गरि अनलाइन कक्षा सुरु गरेर पनि आम्दानी गर्न सक्नुहुनेछ ।
माथि उल्लेखित जस्ता थुप्रै कामहरु गरि तपाइले घरमै बसि ईन्टरनेटको माध्यमबाट गरेर आम्दानी लिन सक्नुहुनेछ । यस्ता कामले तपाईंलाई थोरै भएपनि केही राहत अवश्य मिल्नेछ ।
https://youtu.be/m-E-sWoivCY