
रौतहटको भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहका छोरा २० वर्षीय दिलिप कुमार साह रहेका छन् ।
सशस्त्र बेश क्याम्प औरैयाको गस्ती टोलीलाई शंका लागेर भारतीय क्षेत्रबाट प्रवेश गरेको बिआर ३० एन ९५८० नम्बरको मोटरसाईकलमा ईशनाथ ९ लवतना गाँउनजिक आज बिहान सवा ७ बजे चेकजाँच गर्दा २८ लाख ५१ हजार ९ सय ६० रूपैयाँ सहित पक्राउ साहलाई गरेको सशस्त्रका एसपी सुुर्यबहादुर सेन ओलीले जानकारी दिएका छन् ।
बरामद रकम र साहलाई जिल्ला भन्सार कार्यालय गौरमा बुुझाउने तयारी भईरहेको एसपी ओलीले जानकारी दिएका छन् ।
https://youtu.be/m-E-sWoivCY
घरमा त्यसै बसिरहन अल्छी लागेको छ ? यदि हो भने गर्नुहोस् यस्ता काम , समय पनि बित्ने आम्दानी पनि हुने »