Logo

सुनसरीमा थपिए ३१ संक्रमित

                     
Logo 2020-08-27 02:08     Hamro Biratnagar

13

सुनसरीमा आज थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सुनसरीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५३९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज संक्रमण पुष्टि हुनेमा धरान उपमहानगरपालिकामा १ पुरुष र १ महिला, बर्जू गाउँपालिकामा ३ पुरुष, रामधुनी नगरपालिकामा २ जना, इनरुवा नगरपालिकामा १ जना, गढी गाउँपालिकामा २ पुरुष र २ महिला, दुहबी नगरपालिकामा ३ महिला सहित ७ पुरुष र इटहरीमा १ महिला र ८ पुरुष रहेका छन् । सुनसरीमा अहिलेसम्म २२३ जना कोरोना संक्रमित कोरोनामुक्त भएको र ३१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुनसरीमा अहिलेसम्म १ जना महिला र २ जना पुरुष गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना धरानका हुन् ।

 

https://youtu.be/m-E-sWoivCY

 


लोकप्रिय छुटाउनुभयो कि ?