
नेपालगन्जमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्युभएको छ । मृत्क महिला नेपालगन्ज उमहानगरपालिका–७ की ७० वर्षीया रहेको बाँके जिल्लाका जिल्ला स्वास्थ्य कार्यालय फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उनलाई छातिको समस्या भएपछि भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् र उनको उपचारका क्रममा आज विहीबार विहान १०:३० मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
https://youtu.be/m-E-sWoivCY