Logo

प्रतितोला ८ सयले बढ्यो सुनको मुल्य

                     
Logo 2020-08-27 02:08     Hamro Biratnagar

13

प्रतिनिधिमूलक तस्वीर

सुन चाँदीको मूल्यमा फेरि वृद्धि भएको छ। एक साता देखिनै घट्दै आएको सुनको भाउ आज बढेको छ । बुधबार ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९७ हजार १ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि आज बिहीबार प्रति तोला ३५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ।

 

https://youtu.be/m-E-sWoivCY

 


लोकप्रिय छुटाउनुभयो कि ?