Logo

गर्भवती सहित ५ जनाको मृत्यु

                     
Logo 2020-08-27 11:08     Hamro Biratnagar

13

कोरोना संक्रमणका कारण बुधबार बेलुका र बिहिबार बिहान गरेर एक गर्भवती महिला सहित पाँच जनाको मृत्यु भएको छ । बाराकी कोरोना संक्रमित गर्भवती महिलाको बिहीबार बिहान विरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरासियाले जानकारी दिएका छन् ।

चौरासियाका अनुसार २३ वर्षीया गर्भवती महिलामा कोरोना पुष्टि भएको थियो । उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए । ३३ हप्ताकि गर्भवती रहेकि उनको कोरोनाको कारण मृत्यु भएको हो । नेपालमा कोरोनाले गर्भवतीको मृत्यु भएको यो पहिलो घटना हो ।

यसैगरि बुटवल कोरोना अस्पतालमा कपिलवस्तुका ५० वर्षीय संक्रमितको मृत्यु भएको छ । भदौ ५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बिरामीलाई उच्च रक्तचाप, मधुमेह र मिर्गौलामा समस्या रहेको बताइएको छ ।

त्यस्तै कोरोना संक्रमित ३२ वर्षीया महिलाको बिहीबार बिहान पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचारको क्रममा निधन भएको हो ।

वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो । चिकित्सकका अनुसार कोरोना मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिससमेत भइरहेको थियो । गत साउन ३० मा उनको बिहिबार बिहान निधन भएको हो । बुधबार साँझ नारायणी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा पर्साको धोबनी गाउँपालिका–३ गुलरिया निवासी ७२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?