
क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली बिहीबार बार्बाडोस ट्रिडेन्टस सगँ पराजित हुनपुग्यो ।



बिहीबार बिहान आफ्नो पाँचौ खेल खेलेको जमैका तल्लावाज बार्बाडोस ट्रिडेन्टससित ३६ रनले पराजित भएको हो ।
ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा बार्बाडोसले दिएको १४९ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभर खेल्दा ९ रनको क्षतिमा मात्र ११२ रन मात्र बनाउन सक्यो ।
यो हार सँगै जमैका पाँचौं स्थानमा झरेको छ । दुई खेलमा जित र तीन खेलमा हार ब्यहोरेको जमैकासँग ४ अंक छ।
https://youtu.be/-YCDpWZBX2E