
जिप्रका मोरङले निषेधाज्ञाका समयमा गर्न हुने र नहुने सम्बन्धी कुराहरू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मोरङका प्रमुख जिल्ला अधिकारीद्वारा २०७७\५\१० मा जारी निषेधाज्ञा आदेशमा



अत्यावश्यक वस्तु तथा सेवा औषधी, खाद्यान्न,दूध, विद्युत, सञ्चार, भन्सार आदिमा प्रयोग हुने सवारीहरू अत्यावश्यक काम बाहेक प्रयोग गर्न नपाउने तथा खाद्यान्न, औषधी,सब्जी पसलहरू तथा अन्य अत्यावश्यक सामानका पसलहरू निर्देशित सुरक्षाका मापदण्ड अपनाएर मात्र खोल्नुपर्ने जनाइएको छ।
त्यस्तै होटलहरूले टेक अवेको सिस्टम फलो गर्नुपर्ने, सैलुन,ब्युटीपार्लर आदि हाललाई सञ्चालन गर्न नपाइने कुरा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले पास गरेको सवारी बाहेकका साधन जिल्लामा प्रवेश गर्न नपाउने आदि निर्देशिकामा उल्लेख छ ।
आवश्यकतानुरूप खुकुलो रूपमा बजार पसल आदि खोल्न बिहान १२ बजेसम्म अत्यावश्यक सामानका खरीद बिक्रीका लागि आवश्यक मापदण्डमा रहेर छुट दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय, मोरङको निषेधाज्ञा सम्बन्धी जरुरी सूचना
https://youtu.be/-YCDpWZBX2E