
झापाको दमक नगरपालिकामा बुधबार थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएकामध्ये दुई जना औषधि व्यवसायी रहेको दमक नगरपालिकाले जनाएको छ ।



हप्तादिन अघि स्वाब संकलन गरेर परीक्षणका लागि विराटनगर पठाइएकोमध्ये १५ जनाको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमितहरू केही नगरपालिकाको क्वारेन्टाइनमा रहे पनि अधिकांश भने होम क्वारेन्टाइनमा नै रहेका छन् ।
अहिले नगरपालिका स्वास्थ्य शाखाको आकस्मिक बैठक बसिरहेको छ । बैठकमा सामुदायिक सुरक्षालाई ध्यानमा राखेर संक्रमितहरूको बसोबास क्षेत्रलाई शिल गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
https://youtu.be/-YCDpWZBX2E