
विराटनगर । दुई निजी अस्पताल विराट र न्यूरोमा उपचारतः १–१ जना संक्रमितको मृत्यु भएको छ । विराटनगर–११ की ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा र ६० वर्षीय पुरुषको न्यूरो अस्पताल विराटनगरमा कोरोना संक्रमणका कारण मृत्युभएको हो ।
अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जीतराज बस्नेतका अनुसार मृतक पुरुष टाउकोको नसा सुकेर हातखुट्टा एवं शरीर चलाउन नसक्ने अवस्थाका थिए ।
साउन ३१ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो उनको लक्षण देखिएपछि भदौ ३ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भदौ ७ गते पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
भेण्टिलेटरमा राखेर उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मंगलबार राती नै बिराट मेडिकल कलेजमा पनि एक कोरोना संक्रमीत महिलाको मृत्यु भएको छ । बिराटनगर ११ निवासी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
https://youtu.be/-YCDpWZBX2E