लियोनेल मेसीले बार्सिलोना क्लब छाड्ने निर्णय लिदै 'ट्रान्सफर' का लागि बार्सिलोना क्लबलाई अनुरोध गरेका छन् । उनको यो निर्णय अहिले चासोको विषय बनेको छ ।
यूरोपियन च्याम्पियन लिगमा बायर्न म्युनिकसॅग बार्सिलोनाले ८-२ को फराकिलो गोल अन्तरले पराजित भएपछि उनले यस्तो निर्णय लिएका हुन् । उनको यस्तो निर्णयले बार्सिलोनाको बोर्ड बैठक छिटै बस्दैछ।
६ पटकका बलोन डे'अर बिजेता खेलाडी र क्लब व्यवस्थापन बीच लामो समयदेखि सम्बन्ध राम्रो छैन । उनले आफुले चाहेमा तत्काल लागुहुनेगरि बिनासर्त क्लब छाड्न पाउने उल्लेख गर्दै क्लबलाई फ्याक्स मार्फत अनुरोध गरेका थिए तर क्लब भने अनुबन्ध अनुसार बिनामुल्य मेसीले क्लब छाड्ने सर्त सकासकेको जनाएको छ ।
बार्सिलोनामा २०२१ सम्म अनुबन्धित रहेका उनलाई अरू क्लबले किन्नु पर्दा ७० करोड यूरो तिर्नुपर्ने बताइएको छ ।
https://youtu.be/7cYYhN2NgtU