Logo

कोरोनाबाट विराटनगरमा एक महिलाको मृत्यु

                     
Logo 2020-08-26 08:08     Hamro Biratnagar

13

विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मंगलबार राति मृत्यु भएको छ। मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा राति ८ बजेतिर श्रेष्ठ थरकी महिलाको मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित महिलालाई दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार विराटनगर –१५ मिल्स एरिया घर भएपनि मृतक महिला विराटनगर–११ स्थित माइतीमा बस्दै आएको खुलेको छ। स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट महिलाको मृत्यु हुनुभन्दा केही बेरअघि मात्रै पोजेटिभ आएको थियो।

महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म विराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन्।

https://youtu.be/-YCDpWZBX2E

 

 

 


लोकप्रिय छुटाउनुभयो कि ?