विश्वमा दुई करोड ४० लाख बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा दुई लाख ३९ हजार पाँच सय २० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या विश्वमा दुई करोड ४० लाख ४२ हजार पाँच सय २५ पुगेको हो । विश्वमा कोरोनाका कारण आठ लाख २२ हजार चार सय ८१ जनाको मृत्यु भएको छ । एकै दिन पाँच हजार आठ सय नौ जनाले ज्यान गुमाए ।
एक करोड ६५ लाख ९० हजार छ सय ४९ जना उपचारपछि निको भएर घर फर्किएको वाल्डोमिटरले जनाएको छ । ६६ लाख २९ हजार तीन सय ९४ जना उपचाररत रहेकोमा ६१ हजार सात सय १० जनाको अवस्था गम्भीर छ ।
https://youtu.be/7cYYhN2NgtU